त्रिपालमा भ्रष्टाचारः काठमाडौंका एलडीओसहित ६ जनाविरुद्ध मुद्दा दायर

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Akhtiyar-tripal

१९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई वितरण गर्ने त्रिपाल खरिदमा भ्रष्टाचार गर्ने काठमाडौंका स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले स्थानीयविकास अधिकारी भट्टराई, लेखा अधिकृत यामनारायण शर्मा, स्टोरकिपर चिरञ्जिवी खड्का, पशुपति ट्रेड एन्ड सप्लायर्सका सन्चालक मिथिलेश्वर तिवारी, दिपेश इन्टरप्राइजेजका झम्कप्रसाद गौतम र सेविका इन्टरप्राइजेजका होमप्रसाद गौतमविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।
अख्तियारले भट्टराई, शर्मा र खड्काबाट समान ३५ लाख ६ हजार ६२६ रुपैयाँ तथा मिथिलेश्वर, झम्क र होमबाट क्रमशः २२ लाख ३४ हजार ६६९, ८ लाख ९३ हजार २७७ र ३ लाख ७८ हजार ६८० रुपैयाँ विगो रकम दाबी गरेको छ ।
उनीहरुले बढी गुणस्तर, परिमाण र साइज उल्लेख गरी कम गुणस्तर, परिमाण र साइजको त्रिपाल खरिद गरी वितरण गरेको बैज्ञानिक परीक्षण समेतबाट प्रमाणित भएको अख्तियारले जनाएको छ ।
भन्सार छुट सुविधामा आपूर्ति भएका त्रिपालहरूको भन्सार शुल्कसमेत दाखिला गरी आयात गरेका त्रिपालको भन्दा पनि चर्को मूल्य -प्रति वर्ग फिट १२ रुपैयाँ) कायम गरी खरिद गरेको पाइएको छ । यस्तै भारतबाट ३ लाख २८ हजार १६ रुपैयाँमा आयात भएको त्रिपाललाई ४३ लाख ७९ हजार ७४५ रुपैयाँ कायम गरी खरिदबिक्री गरेको पाइएको अख्तियारले जनाएको छ ।
आम नागरिकको सरोकार र हितसँग जोडिएको भूकम्प पीडितहरूको राहत सम्बन्धमा भए गरेका अनियमितता र भ्रष्टाचारका अन्य उजुरीहरूलाई पनि तदारूकताका साथ अनुसन्धान कार्य अघि बढाईएको अख्तियारले जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment