ओस्कार अवार्ड बाँड्ने सुचीमा प्रियंका

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


चिनियाँ फिल्म स्टारहरूपछि पछिल्लो समय हलिउडमा बलिउडका स्टारहरुको उपस्थिति बढ्न थालेको छ। यस अघि विशेष र सानातिना भूमिकामा देखिने गरेका बलिउडकर्मीहरु पछिल्लो समय ठूलो हलिउड फिल्म र समारोहको हिस्सा बन्न थालेका छन्।
यह सिलसिलाको स्वरूप गत वर्ष 'क्वान्टिको' टिभी सिरिजबाट हलिउडमा सबैभन्दा ठूलो प्रभाव छाड्न सफल भएकी प्रियंका चोपडाले अर्को सफलता हात परेकी छन्। १२ फेब्रुवरीमा हुने ८८ औं संस्करणको एकेडेमी अवार्ड ओस्कारमा प्रियंका पनि अवार्ड प्रदान गर्ने सूचीमा परेकी छन्। उनले अवार्डमा दिइने कुनै एक अवार्ड प्रदान गर्ने छिन्।
ओस्कार नजिकिदै गर्दा ओस्कारले निकालेको पुरस्कार र प्रस्तुति दिने सूचिमा प्रियंकालाई अटाएको हो। यसले हलिउडमा प्रियंका लोकप्रिय स्टार बनिसकेको प्रमाणित गरेको छ। यसै साता सम्पन्न साग अवार्डमा पनि प्रियंकाले अवार्ड विजेतालाई अवार्ड प्रदान गरेकी थिइन्। सो अवार्डमा उनले 'पिपल्स च्वाइस' अवार्ड पनि पाएकी थिइन्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment