कन्निकाले लेखिन्-मेरो छोराले पारसलाई बुबा ठान्छ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

universe
२० माघ, काठमाडौं । पूर्व युवराज पारस शाहकी थाई ‘प्रेमीका’ कन्निका चाइसार्नले आफ्नो छोरा युनिभर्सले पारसलाई बाबु ठान्ने गरेको बताएकी छन् । कन्निकाका अनुसार युनिभर्स उनका पूर्वपतिका छोरा हुन् ।
उनले बुधबार फेसबुकमा लेखेकी छिन्-‘मेरो छोराले मलाई सोध्यो, तपाईं किन नेपाल जानुहुन्न ? मेरो बुबा त्यहाँ हुनुहुन्छ । म मेरो बुबासित बस्न चाहन्छु । मैले उसलाई भनेँ, तिम्रो बुवा पनि मै हुँ, आमा पनि मै हुँ ।’
लगत्तै अर्को पोस्टमा उनले लेखिन्-‘म आफ्नो एक्ससित छुट्टनिे निर्णय लिँदा युनिभर्स ३ महिनाको मात्र थियो । अहिले उ आठ वर्षको भइसकेको छ । उसले आफ्नो बुबालाई जीवनमा कहिल्यै देखेन । त्यसैले उसको दिमागमा पारस शाह नै बाबु हुन् भन्ने परेको छ । उसले यस विषयमा प्रश्न गर्दा मेरो आँखामा आँशु आउँछ ।’
कन्निकाको पोस्टमा कमेन्ट गर्दै धेरै नेपालीहरुले उनीप्रति सहानुभूति दर्शाएका छन् । केहिले उनलाई भाउजुसमेत भनेका छन् ।
लामो समय थाइल्याण्डमा बसेका पारस र कन्निका प्रेम सम्वन्धमा थिए । पारसलाई हृदयघात हुँदा कन्निकाले नै अस्पताल पुर्‍याएकी थिइन् । नेपाल फर्किएपछि उनीहरु विछोडिएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment