१९ औँ बच्चालाई स्वागत गर्दै बेलायतको यो दम्पत्ति

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

london-big-famly
विश्वमा परिवारको आकार साँघुरिँदो छ र दम्पत्तिहरुले थोरै भन्दा थोरै बच्चाहरु जन्माउने गरेका छन् । युरोपेली देशहरुमा त अझ झन् दम्पत्तिहरुले एक दुइ भन्दा धेरै बच्चा विरलै जन्माउछन् । तर बेलायतमा एक दम्पत्तिले भने अहिले १९ औँ सदस्यलाई स्वागत गर्ने तयारीमा जुटिरहेका छन् ।
बेलायतको सबैभन्दा ठूलो परिवारको रुपमा रहेको यो परिवारमा अहिले सदस्य संख्या २० छ र अब नयाँ बच्चा जन्मिएसँगै २१ हुनेवाला छ । सू र उनका पति नोएलका १८ जना छोराछोरी छन् । अब उनीहरुले आफ्नो १९ औँ सन्तान जन्माउने तयारी गरिरहेका छन् ।
गत वर्षको जुन ३ तारेखमा सू ले आफ्नो १८ औँ बच्चा जन्माएकी थिइन् । उनकी कान्छी छोरीको नाम हेली अल्पिmया हो । यो परिवारको सबैभन्दा जेठो सन्तानको रुपमा २६ वर्षको छोरा छन्, जसको नाम क्रिस हो ।
london
दोश्रो सन्तानको रुपमा जन्मेकी सोफीको उमेर २१ वर्ष छ । सोफीको बिहे भैसकेको मात्र छैन उनले पनि बच्चा पाइसकेकी छिन् । सोफीकी छोरीको नाम डेजी हो ।
सू र नोएलले आफ्नै बेकरी पसल चलाउँछन् र त्यसबाटै परिवार धान्दै आएका छन् । बच्चाबच्चीको लागि सरकारले दिने सहायता समेत यिनीहरुले लिने गर्दैनन् । बेकरीबाटै आफुहरुले मनग्गे कमाएको र सरकारी सहायता जरुरी नभएको उनीहरुको भनाइ छ ।
१८ सन्तानकी आमा सू अहिले ४० वर्षकी भइन् । पहिलोपटक गर्भवती हुँदा उनी १४ वर्षकी मात्र थिइन् । आफुलाई आमा बन्न निकै मन पर्ने उनी बताउँछिन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment