चिनियाँ अनुदानको १० हजार इन्डक्सन चुलो भन्सारमा अलपत्र -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

दैनिक ३० हजार विलम्ब शुल्क, चुलोको मूल्य थप बढ्ने

chinise-induction (1)
१८ माघ, काठमाडौं । चीनबाट अनुदानमा आएको १० हजार इन्डक्सन चुलो दुई महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा थन्किएको छ ।
पहिलो चरणमा आएको १३ सय इन्डक्सन चुलोको अस्वाभाविक मूल्य तोकिएका कारण एउटा पनि बिक्री नभएका बेला भन्सारको गोदाममा १० हजार इन्डक्सन भन्सारपास नभएर थन्किएको हो ।
चुलो भन्सारमा थन्किँदा सरकारलाई दैनिक २५ देखि ३० हजार रुपैयाँ जरिवाना स्वरुप विलम्ब शुल्क बेहोनुपर्ने भएको छ ।
यो जरिवाना रकम पनि जोडिने भएकाले अनुदान चुलो बेच्दा झनै मूल्य बढ्ने सरकारी अधिकारी नै बताउँछन् ।
यसलाई बेच्ने जिम्मा पाएको नेसनल ट्रेडिङ लिमिटेडले आफूसँग भन्सार पास गर्ने रकम नभएको बताएको छ ।
गत मंसिरको मध्यमा काठमाडौं आएको इन्डक्सनको अझै भन्सारपास गराउन सरकारले चासो देखाएको छैन ।
चुलोको भन्सार पास गर्न दुई करोड ५० लाख रुपैयाँ लाग्ने नेसनल ट्रेडिङका महाप्रबन्धक सत्यनारायण मेहेताले बताए ।
‘यो सरकारको सम्पत्ति हो । हामीले बिक्री-वितरण मात्रै गर्ने हो,’ मेहेताले भने, ‘सरकारले कि त भन्सार मिनाह गर्नुपर्छ, नत्र भन्सार आफैंले तिर्नुपर्छ । होइन भने बेचेर भन्सार तिर्ने गरी त्यसलाई पास गरिदिनुपर्छ ।’
यी तीन विकल्पसहितको प्रस्ताव आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयमा पठाइसकेको छ । तर, अर्थ मन्त्रालयका अधिकारी इन्डक्सनको भन्सार मिनाह गर्ने पक्षमा देखिएका छैनन् ।
नाकाबन्दीका कारण नागरिकले ग्यास नपाएर सास्ती बेहोरेपछि चीनले सर्वसाधारणलाई वितरण गर्न भन्दै नेपाललाई अनुदानमा इन्डक्सन चुलो सहयोग गरेको थियो ।
तर, पहिलो चरणमा आएका इन्डक्सक्नलाई प्रतिगोटा १२ हजार रुपैयाँमा बिक्री खुला गरे पनि एउटा पनि बिकेको छैन ।
उही ब्रान्डको चिनियाँ एकमुखे इन्डक्सन नेपाली बजारमा पाँच हजार रुपैयाँमै पाइन्छ । त्यसैकारण उपभोक्ताले त्यो किन्न चासो देखाएका छैनन् ।
चीनले पाँच मिलियन अर्थात् ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुलो दिएको थियो ।
सरकारले चीनले नियमित अनुदान कटौती हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment