मोर्चा नेतालाई लालु यादवले भने–तपाईंहरूको आन्दोलनमा मेरो साथ छ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


भारतीय राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले नेपालको तराई क्षेत्रमा भइरहेको आन्दोलनमा आफ्नो साथ र सहयोग रहने आश्वासन दिएका छन्। 
 
मधेस आन्दोलनमा समर्थन र सहयोग जुटाउन भन्दै सोमवार साँझ पटनास्थित आफ्नै निवास पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन शीर्ष नेताहरुसँगको भेटमा यादवले यस्तो आश्वासन दिएका भेटमा सहभागी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए। 
 
मोर्चाका नेताहरुसँगको भेटमा यादवले मधेससँग बिहारको प्रत्यक्ष सम्बन्ध रहेकाले तराईमा भइरहेको आन्दोलनमा ज्यान गुमाएका व्यक्ति र त्यसबाट भएका क्षतिबाट बिहारीहरु चिन्तित रहेको बताएका थिए। सीमाबाट आउने आफ्ना नेता तथा कार्यकर्ताहरुले नेपालको समस्या समाधानप्रति कदम चाल्न व्यापक दवाव दिएको यादवले प्रतिक्रिया दिएको उानको भनाईलाई उद्रित गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए। 
 
मधेसी मोर्चाका तीन शीर्ष नेताहरुले यादवसँगको भेटमा उनीहरुले मधेस आन्दोलनमा भारतीय सहयोगको आग्रह गरेका थिए। उनीहरुले पटनास्थित यादवको निवासमा पुगेर भेटघाट गरेर मधेस आन्दोलनमा सघाउ पुर्‍याउन आग्रह गरेका हुन्।
 
भेटघाटमा मधेसी नेताहरुले मधेसीमाथि प्रमुख दलहरुले विभेद गरेको, अधिकारका लागि गरिएको आन्दोलनमा सरकारले चरम दमन गरेको र संविधानमै मधेसीमाथि विभेद गरिएको बताएका थिए। उनीहरुले मधेसीलाई नागरिकताको अधिकारबाट समेत बञ्चित गर्ने नियत राखिएको समेत यादवसँगको भेटमा बताएका थिए। 
 
लालुलाई भेट्न मोर्चाका नेताहरु संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव उनकै निवास पुगेका थिए। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment