यी हुन् रुखका जराजस्तै हातखुट्टा भएका मानिस, अब छिटै हुँदैछ उपचार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

odd-man
तस्वीर साँच्चीकै डरलाग्दो छ । कुनै बनाबटी हो की भन्ने जस्तो पनि लाग्नसक्छ । तर यो यथार्थपरक घटना हो । बंगलादेशका एक अनौठो रोगबाट पीडित युवकको तस्वीर हो यो ।
अबुल बजनदार नामका यी युवाको हात खुट्टामा औँलाको ठाउँमा रुखका जराजुरी जस्ता आकृति पलाएका छन् । सोही कारण उनको नाम नै रुख मानिस रहन गएको छ ।
उनको यो अनौठो रोगको नाम हो, इपिडर्मोडाइस्प्लाजिया वेरुसिफोर्मिस । २६ वर्षका बजनदारको अब छिटै शल्यक्रिया हुनेवाला छ । शल्यक्रिया गरेर यी हाँगाविँगा हटाएपछि उनको जिउको तौल ५ किलो कम हुनेछ र उनले पनि असह्य पीडाबाट मुक्ति पाउनेछन् ।
बंगलादेशको दक्षिणी खुलनामा बस्ने बजनदारको शल्यक्रियाको पूरै खर्च त्यहाँको एक अस्पतालले बेहोर्नेछ ।
अबुलका अनुसार उनको हातको औँलामा दश वर्ष पहिले यस्तो पलाउन सुरु गरेको रहेछ । सुरुमा त उनले त्यो कुनै मुसा होला भनेर खासै ध्यान दिएनछन् । तर पछि दुबै हात तथा खुट्टामा धेरै यस्ता टुक्रा पलाएपछि उनी अहिले कामकाज गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।
यस्तो हुनुभन्दा पहिले अबुलले रिक्सा चलाउने काम गर्थे । तर बिमारी भएसँगै उनको काम गुम्यो । छिमेकीहरुले पनि उनलाई गाउाबाट निकाला गरिदिए ।
डाक्टरहरुका अनुसार यस्तो रोग भएका मानिस दुनियामा अहिले केवल ३ जना मात्र छन् । इण्डोनेसियाको एक गाउँमा यस्तै रोग भएका मानिसको सन् २००३ मा शल्यक्रिया भएको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment