गुगलको अल्फाबेट विश्वकै मूल्यवान कम्पनी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

alphabet
गुगलको मातृ कम्पनीको रुपमा रहेको अल्फाबेट कम्पनी दुनियाको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । पछिल्लो आय प्रतिवेदनसँगै अल्फाबेट एप्पललाई पछि पार्दै दुनियाको नम्वर वान भ्यालुएबल कम्पनी बन्न सफल भएको हो ।
वर्षको चौथो त्रैमासिकमा अल्फाबेटले ४ अर्ब ९० करोड डलर नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २० करोड बढि हो ।
मुनाफासँगै अल्फाबेट कम्पनीको मूल्य झण्डै ५ खर्ब ६८ अर्ब पुगेको छ । जबकी एप्पल कम्पनीको मूल्य ५ खर्ब ३५ अर्ब रहेको छ ।
नाफामा बढोत्तरीको प्रतिवेदन सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतले वृद्धि भएको  छ । सन् २००४ मा प्रतिशेयर ८५ डलरमा शेयर बजारमा गएको गुगलको शेयर मूल्य गत फेब्रुअरी १ मा ७५० डलर पुगेको छ । जुन सुरुवाती मूल्यभन्दा साढे ८ गुणाले बढि हो ।
पहिलोपटक अल्फाबेटले कम्पनीका विभिन्न व्यवसायको मुनाफाको प्रतिवेदनलाई छुट्टाछुट्टै प्रस्तुत गरेको छ । जसमा सर्च इन्जिन तथा यु ट्युबजस्ता गुगल बिजनेस र प्रयोगात्मक परियोजना जस्तै स्वचालित कार तथा इन्टरनेट बेलुन आदि जस्ता क्षेत्र रहेका छन् ।
रिपोर्ट अनुसार गुगलको संचालन मुनाफा बढेर २३ अर्ब ४० करोड डलर पुगेको छ भने अल्फाबेट कम्पनीका स्वचालित कार तथा इन्टरनेट बेलुन जस्ता अन्य व्यवसायबाट गुगलले ३ अर्ब ६० करोड घाटा बेहारेको छ । गुगलको विज्ञापन व्यवसायबाट हुने मुनाफा उच्चदरमा बढेको तथ्यांकले देखाएको छ ।
सन् २०१० मा माइक्रोसफ्टलाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेसँगै पछिल्लो ५ वर्षमा एप्पल विश्वको नम्वर वान कम्पनीका रुपमा रहँदै आएको थियो । एजेन्सीकाे सहयाेगमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment