बैंक, बिमा र हाइड्रो समूह ओर्लिँदा पनि बढ्यो नेप्से

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



सेयर बजारमा बलियो पकड रहेका बैंक, बिमा र हाइड्रो समूह ओर्लिँदा पनि समग्र बजार बढेको छ। 
 
यस दिन बिकास बैंक, फाइनान्स र अन्य गरी तीन वटा समूह मात्रै बढ्दा समग्र बजार प्रभावित भएको छ। बिकास बैंक समूहमा २८, फाइनान्समा ४ र अन्य समूहमा १ अंक बढेको छ। बैंकिङ, बिमा, होटल र हाइड्रो गरी ४ वटा समूह ऋणात्मक रह्यो। 
 
बैंकिङमा ०. ९८, होटलमा ४१, हाइड्रोमा ५. ३८ र बिमा समूहमा २४. ४२ अंक घटेको छ।  नेप्सेको परिसूचक आज २ अंकले बढ्दै १ हजार २ सय ४२ अंकमा पुगेको छ।
 
कारोवार सुरु भएको सवा घण्टासम्म घट्दै गएको परिसूचक त्यसपछि बढेको हो। बजारमा १ सय १३ कम्पनीको ७ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भई ५६ करोड रुपैयाँको कारोवार भएको छ। 
 
साना किसान किसान विकास बैंक, सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट तथा नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण र संस्थापक दुवै सेयरको कारोवार उच्च रह्यो। 
 
फस्ट माइक्रोफाइनान्स र साना किसान विकास बैंकको १० प्रतिशत सेयर मूल्य बढेको छ। काष्टमण्डप डेभलपमेन्ट बै.क, रिलायन्स लोटस फाइनान्स, मञ्जुश्री फाइनान्स, रुरल माइक्रोफाइनान्स, भार्गव विकास बैंक र यूनिक फाइनान्सका लगानीकर्ताले साढे ९ प्रतिशत बढी सेयर मूल्य कमाएका छन्। 
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment