सुष्मा र मेरो जोडी लामो समयसम्म जम्छः प्रमोद भारद्धाज -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

'चलचित्रको कथा शुद्ध 'चामल' जस्तो हुनुपर्छ'

माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र चलेस बतास सुस्तरीका नायक प्रमोद भारद्धाज अहिले चर्चामा छन् । चलचित्रमा उनले बोलेको मा कसम मलाई बचपन देखि नै हिरो बन्ने ठूलो सोख थियोभन्ने संवाद हिट छ । सो सिम्पलबाट नेपाली रजतपटमा भित्रिएका प्रमोद अब निरन्तर यसमै लाग्ने सोचमा छन् । उनै प्रमोदसँग गरिएको कुराकानीः
१. चलचित्र भित्रको प्रमोद के हो ?
सोझो, एउटा प्रेमी हो । केटा खुबै सोझो छ तर एक यूवतीलाई खुबै प्रेम गर्छ ।
२. चलचित्रले के भन्छ ?
हामी दैनिक जीवनमा धेरै कुरा  देख्छौ, भोग्छौ । तर, कतिपय आफ्नै अगाडि रहेका कुरा पनि महशुश गर्न सक्दैनौ । चलचित्रले यस्तै कुरालाई उठान गरेको छ ।
३. चलचित्र भित्र प्रमोद नै चाहिन्थ्यो कि अरु कलाकार भएको भएपनि हुन्थ्यो ?
अहिले चलचित्रको ट्रेलर र गीतले जुन खालको रेस्पोन्स पाएको छ, त्यो हेर्दा मलाई लाग्छ चलचित्रमा मेरै आवश्यकता थियो । चलचित्र खोजेको पात्रलाई मैले निर्वाहा गरेको छु, जसले गर्दा पनि चलेस बतास सुस्तरीमा हिरो बन्न खोज्ने पात्रमा म नै फिट छु भन्ने लाग्छ ।
४. नायिका सुष्मा कार्कीसँगको जोडीलाई कसरी हेर्नुहुन्छ ?
यो त दर्शकले छुट्याउने कुरा हो नि । तर, मलाई के लाग्छ भने सुष्मा र मेरो जोडी लामो समयसम्म नेपाली चलचित्रमा अगाडि बढ्छ । जसरी नेपाली चलचित्रमा केही कलाकारको जोडीको चर्चा हुन्छ, त्यसरी नै सुष्मा र मेरो जोडीको पनि चर्चा हुन्छ भन्ने लाग्छ ।
५. तपाइको चलचित्रसँग आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रदिप खड्का, पूजा शर्मा जस्ता कलाकारको चलचित्र पनि जुध्दैछ, यो भिडन्तलाई कसरी हेर्नुहुन्छ ?
जब, प्रतिस्पर्धा हुन्छ राम्रा कलाकारसँग होस् भन्ने नै लाग्छ । सानासँग जित्न भन्दा ठूलालाई जित्नुको मज्जा नै वेग्लै हुन्छ ।
६. तपाइको पहिलो चलचित्र सो सिम्पलअसफल भयो ? के यो चलचित्र गर्नु गल्ती थियो ?
होइन, मैले यो चलचित्र गर्नु सही निर्णय थियो । सबै चलचित्र चल्दैमा राम्रो हुन्छ भन्ने पनि होइन । यो चलचित्रबाट मेरो कामको तारिफ भएको  थियो । यही चलचित्रले मलाई नेपाली रजतपटमा भित्राउने काम पनि गरेको हो । जतिबेला यो चलचित्र चलेको थियो, अन्य चलचित्रसँग भिडन्त थियो । सो समयमा हिसाब बाँडियो र हाम्रोमा पनि कम देखियो ।
७. अब, आफ्नो करिअरलाई कसरी अगाडि लानुहुन्छ ?
म यही क्षेत्रमा नै निरन्तरता दिन्छु । सो सिम्पलमा काम गरेपछि लामो समय ग्याप गर्नुको कारण पनि राम्रो चलचित्रको खोजी थियो । थोरै काम गर्छु तर राम्रा चलचित्र गर्छु ।
८. तपाइको दाज्यू प्रदिप भारद्धाज कुनै न कुनै रुपमा तपाइले काम गरेका चलचित्रमा जोडिनु भएको छ, कहिले तपाई यसबाट बाहिर जाने ?
होइन, हामी दाजुभाई हौं, अलग हुने त कुरा नै आउँदैन । उहाँले लेखेका हुन् या अरुले लेखेका, राम्रो कथावस्तु आयो भने काम गर्छु ।
९. तपाइको नजरमा कस्ता स्त्रिmप्ट राम्रा हुन् ?
मलाई कुनै पनि कथा चामलजस्तो होस् भन्ने लाग्छ । एउटा राम्रो चामललाई भात, जाउलो, फ्राई जे बनाउन पनि सकिन्छ । तर, विदेशबाट चोरिएको कथा नहोस् । दर्शकलाई मनपर्ने कथालाई नै म राम्रो कथा मान्छु ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment